१५ किलो सुन बरामद



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । सुन कसरी भित्रियो भन्ने विषयमा प्रहरी विस्तृत अनुसन्धानपछि मात्र जानकारी दिन सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्