जाजरकोटमा बिषालुच्याउ खाँदा एक बालिकाको मृत्यु, सात विरामी



बासुदेव शर्मा, जाजरकोट

जाजरकोट कुशे गाउँपालिका १स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त विरामी परेका छन् । च्याउँ खाएर कुशे गाउँपालिका १स्याँक्रीका जनक बहादुर चलाउनेकी ३ बर्षीय छोरी अन्जना चलाउनेको मृत्यु भएको हो ।

विषालु च्याउ खाएर विरामी परेकी अन्जनालाई उपचारको लागी स्थानिय स्वास्थ्य संस्था लैजादै गर्दा उनको मृत्यु भएको हो । विषालु च्याउ खाएर ५० बर्षीय टेक बहादुर चलाउने, ३० बर्षीय ललिता चलाउने, ३० बर्षीय कल्पना चलाउने, ९ बर्षीय निरुता सिह, १२ बर्षीय धनसरा चलाउने र १४ बर्षीय औसरा चलाउने सिकिस्त विरमाी परेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताउनु भयो ।

च्याउ खाएर सिकिस्त विरामी परेका उनीहरुलाई कुशेको टापुचौरको स्थानिय मेडिकलमा उपचार भईरहेको र त्यहाँ उपचार हुन नसक्दा थप उपचारको लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत लिन नेपाली सेनाको हेलिकोप्टर मगाएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

जंगलबाट टिपेर ल्याएको च्याउ तिन घरका परिवारले खाएका थिए । च्याउ खाएपछि विरामी भएका हुन् । विरामी परेका छ जनालाई उपचारको लागी हेलिकोप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतले वताउनु भयो ।
बर्षायामको समयमा जथाभावी उम्रेका च्याउ खादाँ मानिसहरु विरामी पर्ने ज्यान समेत जाने भएकोले आफुले नचिनेको च्याउ नखाना कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्