खुमलटार भेला सकियो, स्थायी कमिटी बारे छलफल



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको भेला सकिएको छ।

पार्टी भित्रको विवाद चलिरहेको बेलामा प्रचण्ड निवासमा आन्तरिक छलफल भएको हो भेलामा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकबारे छलफल भएको र भोलिका लागि बोलाइएको बैठक नरोक्ने निष्कर्षमा समेत पुगेको खुमलटार स्रोतले जानकारी दिएको छ।

पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्