पोखरा विश्वविद्यालयको परीक्षा भदौ अन्तिमदेखि



न्युज अफ नेपाल, काठमाडौं ।
पोखरा विश्वविद्यालले भदौको अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले भदौको अन्तिम साताबाट परीक्षा सुरु गरेर दशैँअघि नै सक्ने जनाएको छ ।

कोरोनाको महामारी रोक्न सरकारले लकडाउन सुरु गरेपछि विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु रोकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्