स्याङ्जाका एक युवकको साउदीमा कोरोना संक्रमणबाट मृत्यु



भूूपराज बस्याल, स्याङ्जा ।

साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिन देखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दावाटे १)का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभयो ।

साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आईतवार निधन भएको हो । उहाँ नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडि साउदीअरव पुग्नु भएको निर्देशक पंगेनीले बताउनु भयो ।

प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहनु भएका श्रेष्ठ स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका युुवा संयोजक लगायत बिभिन्न संघसंस्थामा सक्रिय हुनुहुन्थ्यो ।

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहनु भएका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै सक्रिय रहदै आउनु भएको थियो ।

श्रीमतीसहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर श्रेष्ठ मात्रै साउदी तर्फ उड्नु भएको थियो । श्रेष्ठको श्रीमती, आमा र एक जना भाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्