मास्क नलगाउनेविरुद्ध कडा कदम लिन गृहको निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।
गृह मन्त्रालयले मास्क नलगाउनेविरुद्ध कडा कदम लिन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृहले आज मातहतका निकायलाई निर्देशन दिएको हो ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गरेको छ । जसमा मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको छ।

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ । साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्