त्रि.वि. संस्कृत विभाग परिसरमा वृक्षरोपण



न्युज अफ नेपाल, काठमाडौं ।

स्वच्छ–मैत्री वातावरण संरक्षण र विकासको जागरण गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग, कीर्तिपुर परिसरमा शनिवार वृक्षरोपण गरियो । लाइन्स क्लब अफ काठमाडौँ युनाइटेड स्टकद्वारा आयोजित कार्यक्रममा त्रि.वि. संस्कृत केन्द्रीय विभागले सहयोगी भूमिका निर्वाह गरेको थियो ।

क्लबको वार्षिक कार्ययोजनामध्येको प्रथम स्थायी प्रोजेक्टका रुपमा आयोजित यस कार्यक्रमको उद्घाटन त्रि.वि. संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा. नारायणप्रसाद गौतमले विभाग परिसरमा रुद्राक्षको बिरुवा रोपेर गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष मणिराम लामिछानेले गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ योग प्रशिक्षक डा. क्षितिज बराकोटीलगायत क्लबका सदस्य एवं विभागका शिक्षक–कर्मचारीहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्