उत्तर कोरियामा कोराना संक्रमित भेटिएपछि स्वास्थ्य आपतकाल घोषणा



न्युज अफ नेपाल, सोल ।
मुलुकभित्र कोरोना भाइरसको संक्रमण भेटिएपछि उत्तर कोरियाले स्वास्थ्य आपतकाल घोषणा गरिएको छ । उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना संक्रमित भेटिए छ । ती व्यक्ति उत्तर कोरियाका लागि पहिलो कोरोना संक्रमित रहेको बताइएको छ ।

संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले आकस्मिक बैठक बोलाएका छन्। कोरोना भाइरसको संक्रमण देखिएपछि केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन्। ती संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्