प्रमुख प्रशासकीय अधिकृतबाट कुटिए वडाध्यक्ष



न्युज अफ नेपाल, सर्लाही ।
सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । उनले वडा–३ का वडाध्यक्ष धर्मराज सिंह महतो माथि कुटपिट गरेका हुन् ।

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उनकाका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिनुभयो ।

वडाध्यक्ष महतोलाई बिहीबार साँझ गाउँमै कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट वडाध्यक्ष सख्त घाइते छन् ।
उनलाई जिल्लाको अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्