खानेपानीको लाईन सडक कार्यालय सहितलाई बनाउन लगाऊ–महालेखा



न्युज अफ नेपाल, काठमाडौं ।
महालेखापरीक्षकको कार्यालयले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको क्षतिग्रस्त पाईपलाईन बनाउन निर्देशन दिएको छ ।
विभिन्न बहानामा क्षति पु¥याएको भन्दै डिभिजन सडक कार्यालय काभ्रे सहित बनेपा, धुलिखेल, पनौती नगरपालिकालाई क्षतिग्रस्त खानेपानीको पाईपलाईन बनाउन महालेखाले निर्देशन दिएको हो ।

महालेखाको ५७ औं प्रतिवेदनमा बाटो विस्तार तथा अन्य विकास निर्माण कार्य गर्दा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले निर्माण गरेको १ करोड २५ लाख मूल्यको ५ हजार २६१ मिटर खानेपानी पाइप क्षतिग्रस्त बनाएकोले नेपाल सरकारलाई थप व्ययभार परेको जनाएको छ ।

‘विकास निर्माणका कार्य गर्दा समन्वय गरी सरकारी निकायले बनाएको संरचना क्षति पु¥याउने सम्बन्धित निकायका पदाधिकारीलाई जिम्मेवार बनाई क्षतिग्रस्त खानेपानी पाइपलाईनको निर्माण कार्य गराउनुपर्दछ’ महालेखापरीक्षकको ५७ औं प्रतिवेदनमा उल्लेख छ ।

अधिकार प्राप्त अधिकारीले उपलब्ध स्रोत साधन तथा सम्पत्तिको समुचित उपयोग र हानी नोक्सानी नहुने गरी सम्भार तथा संरक्षणको व्यवस्था गर्नुपर्ने उल्लेख भएकाले सम्बन्धित निकायका पदाधिकारीलाई जिम्मेवार बनाउनु पर्ने आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ४५ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्