रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार



ललितपुर, (नेस)
लकडाउन खुलेसँगै रातो मच्छिन्द्रनाथको रथारोहणको निश्चित भएको छ । रथ निर्माण थालेदेखि अन्योल हुँदै आएको रथारोहण यही साउन १० गते शनिबार पुल्चोकमा बनाइएको रथमा रथारोहण गर्न लागिएको हो ।

गुठी संस्थानका अनुसार सोही १२ः५ देखि १२ः१५ को शुभ साइतमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिनेछ । हाल मच्छिन्द्रनाथ ललितपुर–१९ स्थित तबहालःमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्