कोरोनाको कारण काठमाडौं बस्ने एक चिनियाँ महिलाको निधन



काठमाडौं, (नेस)

काठमाडौं बस्दै आएकी एक चिनियाँ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ४८ वर्षीया ती महिलाको उपचारका क्रममा निधन भएको हो ।

मुटु रोगको उपचारका लागि अस्पताल पुगेकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचार भइरहेको ग्रान्डी अस्पतालले टिचिङ अस्पतालमा रिफर गरेको थियो । उपचारका क्रममा पछि उनको शिक्षण अस्पतालमा नै निधन भएको थियो ।

पोखरामा काम गर्ने उनी स्वास्थ्यमा समस्या देखिएपछि त्यहीँको मणिपाल अस्पतालमा भर्ना भएकी थिइन् । मणिपालले रेफर गरेपछि हेलिकोप्टरबाट ग्रान्डी अस्पताल ल्याइएको थियो ।

यस अघि बुधबार बिहान महोत्तरीको एक वृद्धाको कोरोनाको कारण मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्