पल र स्वस्तिमा ३ वर्षपछि फेरि सँगै



लोकप्रिय नायक नायिका पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि फेरि एकसाथ देखिएका छन्। पल र स्वस्तिमा एक म्युजिक भिडियोमा फेरि एक साथ देखिएका हुन्।

यो जोडी ३ वर्षको अन्तरालपछि मायालु तिमी कता छौ–२ (सिरिरी सिरिरी)को म्युजिक भिडियोमा सँगै देखिएको हो। उनीहरुको यो म्युजिक भिडियो गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो सार्वजनिक भएको एक साता नपुग्दै १६ लाखभन्दा बढीले यसलाई हेरिसकेका छन्। गीतमा शब्द दिनेश थपलिया, संगीत राजनराज सिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज सिवाकोटी र एरेन्ज साहस शाक्यको रहेको छ।

गीतको म्युजिक भिडियोमा छायांकन नवराज उप्रेती, सम्पादन अर्जुन जिसी तथा कोरियोग्राफी र कथा विक्रम स्वाँरको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्