प्रचण्डका गुरु शाहीको उम्मेदवारी



फिरोज राजोपाध्याय, काठमाडौं।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव पदका लागि राखेपकै पूर्वसदस्य सुदिल शाहीले उम्मेदवारी दिएका छन् ।

खेलकुद विकास ऐन २०७७ लागू भएपछि राखेपमा पहिलोपटक सदस्य सचिवको पदका लागि दरखास्त आह्वान भएको हो। यसले गर्दा पदका लागि खुला प्रतिस्पर्धा हुने भएको छ। बिहीबार अन्तिम दिनको अवधिसम्म २७ जनाले उम्मेदवार दिएका छन्। जसमा ३ जना महिला उम्मेदवार रहेका छन्। साथै, निर्वतमान सदस्य–सचिव रमेश सिलवालले पनि उम्मेदवार दिएका छन्।

सिलवाल गत वर्ष मात्र असारमै सदस्य सचिवमा नियुक्त भएका थिए। उनलाई कडा चुनौती शाहीबाट हुने अनुमान गरिएको छ। शाहीले गत वर्ष पनि सदस्य–सचिवका लागि दाबी गरेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीकानिकट मानिएका सिलवालले बाजी मारे। तर, यसपटक सिलवालको उम्मेदवारीस“गै उनी फेरि सदस्य–सचिवमा आउने अड्कल लगाइएको छ ।

तर, सिलवालको कमजोरी के भने १३औं सागको हिसाबकिताब ३ महिनामा दिने भने पनि उनी पदमा रहुञ्जेल सागको हिसाबकिताब सार्वजनिक भएन, यसैले पनि शाहीले सिलवाललाई यसपटक हराएरै सदस्य–सचिव बन्न सक्ने चर्चा पनि त्यतिकै भइरहेको छ ।

शाही करिब साढे ३ दशकदेखि खेल जीवनमा रहेका छन्। उनलाईनेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का खेलकुदका गुरुका रूपमा समेत चिनिन्छन्। उनले साढे ४ वर्षदेखि टेबलटेनिस सिकाउ“दै आएका छन्।

लगातार १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा लागिपरेका शाही नेपालका चर्चित टेबलटेनिस खेलाडीमध्येका एक हस्ती हुन्। दर्जनौं विद्यालय तथा संघ÷संस्थामा आबद्ध रहेर खेल र खेलकुद क्षेत्रको विकास र विस्तारमा तल्लिन शाही बिगत दुई वर्षदेखि राखेपको बोर्ड सदस्यको रूपमा पनि थिए ।

प्रदेश–३ को खेलकुद परिषद्को संयोजक रहेका शाहीले खेलकुदको क्षेत्रमा आफूले गरेको योगदानलाई खेलाडीसमक्ष परिचय दिन र राखेपको सुधार गर्न सदस्य सचिवका लागि उम्मेदवारी दिएको बताए । उनले भने– ‘खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न र समग्र खेलकुद क्षेत्रको विकास गर्न आफूले सदस्य–सचिवमा उम्मेदवारी दिएको बताए।

शाहीले आफू सदस्य–सचिव भए खेल क्षेत्रको थप विकास र विस्तार गर्न लागि पर्ने बताए। अर्थशास्त्रमा स्नातकोत्तर गरेका शाही नेपालका विभिन्न १० क्षेत्रमा सम्पन्न टेबलटेनिस प्रतियोगितामा पदक प्राप्त गरिसकेका छन्। त्यस्तै, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न सफल भएका छन्। उनले बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका थिए। थाइल्यान्डमा ३ र जापानमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागितासमेत जनाएका थिए उनले।

यसैगरी,७ वटा फुटबल, बास्केटबल टुर्नामेन्टमा मेनेजरको भूमिका निर्वाह गरेका शाही नेसनल स्पोस्र्ट सोसाइटीर ललितपुर जिल्ला टेबलटेनिस एसोसियसनको अध्यक्ष पदमा रहेका छन्। उनी ब्रिटिस, सेन्ट मेरिज, ल्याब्रोटोरी र युलेन्सलगायत स्कुलका टेबलटेनिस प्रशिक्षकको रूपमा काम गर्दै आएका छन् ।

शाहीको भावी योजना
—देशका प्रत्येक वडामा एक खेल एक मैदान, प्रत्येक जिल्लामा एक कभर्डहल र प्रत्येक प्रदेशमा एक रंगशाला निर्माण गर्ने ।
—सम्भावित खेलको कर्पोरेट खेल प्रतियोगिता आयोजना गरी खेल र खेलाडीलाई व्यावसायिकतर्फ उन्मुख गर्ने ।
—खेलकुद क्षेत्रमा व्यावसायिक लगानीतर्फ आकर्षित गराउने ।
—राखेपका करारलगायत अन्य कर्मचारीहरूको व्यवस्थापन गर्ने ।
—नेपाली खेलकुद क्षेत्रमा वैदेशिक सहयोग, लगानी तथा अनुदान वृद्धि गर्ने ।
—नेपाली खेलाडीबाट ओलम्पिक पदक भित्र्याउने लक्ष्य ।

प्रतिक्रिया दिनुहोस्