पाकिस्तानी क्रिकेटलाई पेप्सीको सहयोग



कराँची, (एजेन्सी)

कोरोनाको कारण आर्थिक संकटबाट जुझिरहेको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई मदद गर्न पेप्सी कंपनी अगाडि आएको छ ।

पीसीबीसँग बिहीबार पेप्सीले एक वर्षको लागि सम्झौता अवधि बढाएको हो । अब इंग्ल्यान्ड यात्रामा पाकिस्तान टीमका किट र जर्सीमा पेप्सीको साथै शाहिद अफरीदी फाउंडेशनको लोगो पनि देखिनेछ । हालै पीसीबीलाई इंग्ल्यान्डको यात्राको लागि कुनै प्रायोजन पाएको थिएन । यस्तोमा बोर्डले अफरीदी फाउंडेशनको लोगो लगाउने निर्णय गरेको थियो, जसलाई पीसीबीले निरन्तरता दिएको छ ।

यसैगरी पीसीबीले तीनै क्रिकेट फम्र्याटका लागि पेप्सीको साथ एक वर्ष अवधि बढाएको हो । पेप्सी अर्को वर्ष ३० जुन सम्म पीसीबीको मुख्य साझेदार रहनेछ । त्यही यसअघि पीसीबीले इंग्ल्यान्डको यात्राको लागि मोबाइल फाइनेंशियल सर्भिसेज प्लेटफर्म इजी पैसासँग पनि सम्झौता गरेको छ । अब यो कंपनी पनि इंग्ल्यान्ड यात्राको लागि पाकिस्तानी टिमको सहयोगी साझेदार रहनेछ ।

पीसीबीका फाइनेंशियल डायरेक्टर बाबर हामिदले बताए कि वर्तमान आर्थिक चुनौतीको दौरमा पेप्सीसँग एक वर्षको लागि सम्झौता बढाउन पाउँदा खुशी छ । पेप्सी १९९० देखि पाकिस्तानी क्रिकेट टीम लाई सहयोग गरिरहेको छ । यो सम्झौताले दुबै बीच सुमधुर सम्बन्धलाई अझ बलियो बनाएको छ ।

पीसीबीको पेप्सीसँग ३ वर्षको सम्झौता पछिल्लो महिनामा सकिएको थियो । दुबैबीच ९१ करोड (नेपाली १ अर्ब भन्दा बढी रकम) रुपियाँको सम्झौता भएको हो । पेप्सी कंपनी पछिल्लो सम्झौताको ३० प्रतिशत मात्रै दिन चाहेको थियो । त्यसैले दुबै टिमबीच सम्झौता हुन ढिलो भएको थियो । हाल नयाँ सम्झौता कतिमा भएको त्यो खुलाएको छैन ।

पाकिस्तानले अर्को महिना ५ अगस्टबाट इंग्ल्यान्डमा टेस्ट र टी २० सिरिज खेल्नेछ । अक्टोबरमा अस्टे«लियामा टी २० विश्वकप खेल्ने कार्यक्रम रहेको छ । फेरि जिम्बावे र दक्षिण अफ्रिकाविरुद्ध घरेलु त्रिकोणीय सिरिज खेल्ने पाकिस्तानले न्युजिल्यान्डको पनि यात्रा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्