गायक दीप श्रेष्ठ धरानमा सम्मानित



ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठ धरानमा सम्मानित भएका छन्। होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा गायक श्रेष्ठ सम्मानित भएका हुन्।

सोही अवसरमा दीपको हातबाट मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेलको उपचारको लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार नगदका साथमा धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई प्रदान गरिएको हो।

होप धरानले बालकको उपचारको लागी अभियान चलाएकोमा विभिन्न सहयोगीहरुबाट १ लाख ५३ हजार ५ सय ७० रूपैँया संकलन भएको थियो। बालक मुदेलको दोस्रो चरणको शल्यकृया उनको स्वास्थ स्थिती हेरी ६ महिनापछि हुने बताइएको छ। ६ महिना पछि स्टोमा क्लोजर मलद्वार खोलिने शल्यकृया रहेको चिकित्सकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्