टेलिकमको सर्भर ह्याक गर्ने पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । टेलिकमको मोबाईल एपमा अनधिकृत प्रवेश गरी आर्थिक गतिविधिमा पहुँच राखेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कार्यरत २८ वर्षीय दिवाकर देउजालाई ब्युरोले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ । उनी कम्प्युटर अपरेटर हुन्।

देउजाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्