पत्रकारको परिचयपत्र नवीकरणलाई सहज पार्न महासंघको आग्रह



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल पत्रकार महासंघले पत्रकारहरुको परिचयपत्र नवीकरणलाई सहज र छिटो बनाउन आग्रह गरेको छ । सूचना तथा प्रसारण विभागबाट पत्रकारहरुलाई जारी गरिएको प्रेस पासको नवीकरण सहज ढंगबाट नहुँदा पत्रकारहरु समस्यामा परेको भन्दै महासंघले यस्तो आग्रह गरेको हो ।

‘पत्रकारलाई जारी गरिएको प्रेस पासको अवधि असार मसान्तबाट सकिएको र नवीकरण गर्न सहज नहुँदा राज्यको प्रमुख कार्यालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई रोक लगाइनुको साथै आवत–जावतमा समेत समस्या परेको छ ।’, महासंघका केन्द्रीय महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै बताउनुयो ।

कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारहरुको प्रेस पास नवीकरण समयमै नहुँदा अनेक समस्या झेल्नु परेको अवस्थालाई मध्यनजर गर्दै प्रेस पासको नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासबाट सहजरुपमा समाचार संकलन, आवत–जावत तथा सिंहदरबार प्रवेशको व्यवस्था मिलाउन सूचना तथा प्रसारण विभाग र सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्