सुरुङ फुटेर बेपत्ता भएका इन्जिनियर गोइतको शब परिवारले बुझे



न्युज अफ नेपाल, काठमाडौं ।
सुरुङको गेट फुटेर निस्किएको भेलले बगाएर बेपत्ता भएका इन्जिनियर सतीश गोइतको शब परिवालाई बुझाईएको छ । मेलम्ची खानेपानी आयोजनाले परीक्षण गरिरहेको सुरुङको गेट गएको असार ३० गते फुटेपछि इन्जिनियर गोइत सहित
चालक राधाकृष्ण थापा बेपत्ता भएका थिए ।

बेपत्तापछि सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले खोजीकार्य तीब्र पारिएको थियो ।  गोइतको बुधबार दिउँसो बाहुने पाटी नजिकै खोज तथा उद्धारको क्रममा फेला परेको समितिले जनाएको छ ।

मृतक गोइतको शब पोष्ट मार्टेमपछि परिवारलाई बुझाईएको समितिले जनाएको छ भने उनका परिवारलाई परिवारलाई तत्कालै राहत र किरिया खर्च स्वरुप आयोजनाले एक लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै बेपत्ता सवारीचालक थापाको खोजी कार्य भईरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्