हङकङमा ४ जनाभन्दा बढी भेला हुन रोक



न्युज अफ नेपाल, हङकङ ।
चीन प्रशासित क्षेत्र हङकङमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेसँगै नयाँ नियम लागु गरिएको छ ।

यहाँको प्रशासनले चारजनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ। यसअघि करिब ५० जना भेला हुन छुट दिइएको थियो। रेष्टुराँहरु साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्न समेत निर्देशन दिइएको छ।

हङकङमा देखिएको कोरोनाको तेस्रो लहरले धेरै खतरा उत्पन्न हुन सक्ने जनस्वास्थ्य विज्ञहरुले आंकलन गरिएको छ। विज्ञहरुले हङकङमा यसअघि यस नदेखिएको स्थानीय संक्रमण फैलिएको हुनसक्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्