न्युज अफ नेपाल, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । संसदमा पार्टीको ह्वीप उल्लंघन गरेको र राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न पार्टीले एक कार्यदल गठन गरेको थियो ।
पार्टीका महासचिव रामसहाय यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदलले मंगलबार संसद गिरीलाई कारबाही गर्न यस्तो सिफारिस गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्।
साथै उनले नयाँ नक्सासहितको नेपालको नयाँ निशान छाप परिवर्तन गर्न भएको संविधान संशोधनका क्रममा पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन्।











प्रतिक्रिया