न्युनचापिय प्रणालीको प्रभावले वर्षा र बाढीको सम्भावना



न्युज अफ नेपाल, काठमाडौं ।
भारतको उत्तर प्रदेशमा रहेको न्युनचापिय प्रणालीको प्रभाव विस्तारले गर्दा मौसममा बदली र वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज सोमबार दिउसो कर्णाली प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश क्षेत्रमा पनि बदली सहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले बबई, कर्णाली र महाकाली नदीहरुमा बहाब सामान्य बढ्ने तर यस क्षेत्रका स–साना खोलानालाहरुमा आकस्मिक बहाब समेत हुन सक्ने भनेको छ । जमिन गलेकोले पहिरो गइराख्ने क्षेत्र वा भिरालो जमिनमा हुनुहुन्छ वा यात्रा गर्दै हुनुहुन्छ भने सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्