बझाङको पहिरोमा परी ६ को मृत्यु



बझाङ, (नेस)

बझाङको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अझै एक जना बेपत्ता छन् । शुक्रबार अविरल वर्षासँगै केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो गएको थियो ।

सो पहिरोमा पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मिता जेठारा तथा सोही ठाउँका ८० वर्षीय दले जेठाराको शव फेला परेको छ ।

त्यस्तै गरी राममति जेठाराकी १५ वर्षीया छोरी शान्ति जेठारा र स्थानीय नवराज जेठाराकी छोरी १४ वर्षीया सन्तु जेठाराको शव फेला परेको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोमा १७ घर पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्