ट्रम्पका सल्लाहकारलाई जेल चलाउन आदेश



न्युज अफ नेपाल, वासिंटन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वसल्लाहकार तथा साथी रोजर स्टोनलाई जेल चलान गर्न आदेश दिएको छ । उनलाई यहाँको संघीय अदालतले जुलाइ १४ सम्ममा जेल चलान गर्न आदेश दिएको हो ।

गत वर्ष उनीमाथि फौजदारी मुद्दामा दोषी ठहरिएपछि शुक्रबार अदालतले उनलाई जेल सजाय तोकिएको हो ।

२०१६ मा राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धानको क्रममा संसदलाई ढाँटेको अभियोग उनीमाथि लगाईएको छ । सोही मुद्दा अन्तर्गत उनीमाथि गत नोभेम्बरमा नै अदालतले दोषी ठहर गरेको थियो ।

न्यायाधीश एमी बरम्यानको इजलाशले स्टोनलाई तीन वर्ष र चार महिना जेल सजाय तोकेको हो । ६७ वर्षीय रोजर साउथ फ्लोरिडामा बस्दैआएका थिए । ट्रम्पले भने स्टोनमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्