शनिबार बिहानै काठमाडौं उत्रिए ९५७ नेपाली



न्युज अफ नेपाल, काठमाडौं ।
विभिन्न मुलुकबाट शनिबार विहानै ९ सय ५७ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु कतार, हङकङ, दुबई, साउदी र कुवेतबाट फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एअरवेजको चार्टर्ड उडानमार्फत कतारबाट एक बच्चासहित २४१ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्