एक दिनमै ४० हजार भन्दा बढी संक्रमित थपिए अमेरिकामा



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी कोरोना संक्रमित थपिएको छ । यो अहिलेसम्मकै धेरै भएको जनाईएको छ ।

फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमित व्यक्तिहरूको सँख्या बढेसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि लकडाउन गरेको छ । ।

१६ राज्यहरुमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या लगातार बढ्दो क्रममा रहेको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार देशमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या अहिले भनिँदै आएकोभन्दा कैयौँ गुना बढी हुनसक्छ।

अमेरिकामा हालसम्म २५ लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख २७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्