नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशनको म्याद थप



द्रोण रिजाल, नेदरल्याण्ड ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको मंगलवार ९ जुन २०२० का दिनमा अध्यक्ष केजिन राईको अध्यक्षतामा बसेको कार्यसमितिका दुई तिहाई सदस्यको उपस्थिति रहेको बैठकले निम्न प्रस्तावहरू माथी ब्यापक छलफल गरि निर्णय गरेको छ।

बैठकका प्रस्तावहरू

१. कोरोना महामारीपछि गरिएको अनलाइन अन्तरक्रिया सम्बन्धमा ।
२. स्मारिकाको हरहिसाब फरफारक तथा धन्यबाद सम्बन्धमा ।
३. बिबिध ।

बैठकले गरेको निर्णयहरू

प्रस्ताव नम्बर एकको कोरोना महामारीपछिको अवस्था र अनलाइन संवाद सम्बन्धमा ब्यापक छलफल भयो । महासंघले कोरोनापछि शुरु गरेको संवादले महत्वपुर्ण तथा राम्रो सन्देश गएको संसारभर पत्रकार महासंघको गर्बिलो उपस्थिति र प्रभाव उपस्थिति देखिएकोमा सबैको धारणा रहेको थियो । १८ औं श्रृंखलासम्मका संवादमा साथ र सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार प्रकट गर्ने निर्णय भयो ।

अनलाइन संवादको क्रममा केही देशमा केही मात्रामा गल्ति कमजोरी भएका भए कमजोरीको जिम्मा लिदै आत्मसमिक्षा गरियो । आगामी दिनमा भुल सुधार गर्दै जानेमा सबैको भनाई रह्यो । संयोजनमा महत्वपूर्ण भूमिका खेल्ने रबिचन्द्र भट्टराई , द्रोण रिजाल लगायतलाई धन्यबाद दिने सर्वसम्मत निर्णय भयो ।

प्रस्ताव नम्बर दुईको स्मारिकाको हिसाबकिताब फरफारक गर्ने सम्बन्धमा ब्यापक छलफल भयो । स्मारिका प्रकाशन र हरहिसाब बारेमा अध्यक्ष र प्रकाशन उप समितिका संयोजक वाइबि गुरुङले जानकारी गराउनु भयो । साथ र सहयोग गर्ने सबैलाई, प्रकाशन उप समिति संयोजक वाईबि गुरूंग लगायत नेपालबाट महत्वपुर्ण सहयोग गर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश चाम्लिङ ,प्रेम परियार लगायत सहयोगी सबैलाई धन्यवाद दिने निर्णय गरियो । बिज्ञापनको आयब्यय अध्यक्षले केही दिनअघि ग्रुपमा राख्नु भएको थियो । विज्ञापनदातालाई धन्यबाद दिने र नामावली महासंघको फ़ेसबुक पेजमा सार्वजनिक गर्ने र विज्ञापनको बाँकी रक़म उठाउने
निर्णय सर्वसम्मत भयो ।

प्रस्ताव नम्बर तिनको विविध बिषयमा ब्यापक छलफल भयो । कोरोना महामारिका कारण पत्रकार महासंघ केन्द्रको, जिल्ला लगायतको अधिवेशन अनिश्चित भएकोले उपयुक्त परिस्थिति र वातावरण तयार नभईन्जेल सम्मका लागि जुन २४ २०२० कार्यकाल सकिने बर्तमान कार्यसमितिको म्याद थप्ने निर्णय गरियो । उपयुक्त समय र वातावरणमा केन्द्रीय समितिसंग समन्वय गरेर अगाडी बढने दुई तिहाई सदस्यहरूको सहमतीका साथ निर्णय भयो । साथै ८ जनवरी २०२० मा मनोनयन भएका नयॉ कार्यसमिति सदस्यको आधिकारिक सरुवा पत्रहरु प्राप्त भएको अध्यक्षले जानकारी गराउनु भयो । अन्य असहमति रहेका विविध एजेण्डामा बिभिन्न महत्वपुर्ण छलफल गर्न समय अपुग भएकोले छिट्टै अर्को बैठक बसेर टुङ्ग्याउने सर्वसम्मत निर्णय भयो ।

बैठकमा सहभागी झण्डै दुइ तिहाई कार्यसमितिका सदस्यलाई समय र साथको लागि अध्यक्षले धन्यवाद दिनुभयो ।

बैठकमा सहभागीहरु अध्यक्ष केजिन राई, बरिष्ठ उपाध्यक्ष डिल्लीराम अमगाई (फरक मत ), उपाध्यक्ष राजकुमार दिक्पाल (सहमति) पोर्चुगल शाखा संयोजक तथा संघका महासचिब योगेन्द्र मिलन छन्त्याल ( नोट अफ डिसेन्), सचिब द्रोण रिजाल, पेम्बा गेलु शेर्पा, महेशकुमार खाती र वाइबी गुरुङ । कोषाध्यक्ष तेजबहादुर नेपाली, सदस्यहरु विरमान मगर, प्रेम परियार, युवराज फुंयाल,गणेश पाण्डेय, प्रेम पोमु, जित गुरुङ, राजकुमार थापा, रबिचन्द्र भट्टराई, शेरबहादुर परियार, दीपेन्द्र गजुरेल, सरला कट्टेल, दिनेश गौतम र शेर बहादुर छन्त्याल, (नोट अफ डिसेन्ट) । (तीन जना बाहेक सबैको सहमति) सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्