नेपाललाई एक स्वर्ण र एक रजत



  • न्युज अफ नेपाल, काठमाडौं

सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपालका लागि निता आचार्यले स्वर्ण दिलाएकी हुन् ।

निताले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गरेकी थिइन् । उनले २४.१४ अंक प्राप्त गरिन भने अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिईन् । यस्तै कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमा नै खुम्चिए । ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका हुन् ।

उनी स्पेनका खेलाडी जिसस कनसुयगरासंग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएका थिए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए ।

बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको थियो । च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्