यसरी बन्दैछन् राष्ट्रिय गौरवका आयोजना

282
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

संघिय सरकारले आर्थिक वर्ष २०७७/२०७८ का लागि प्रस्तुत गरि पास भएको बजेटले काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको छ ।

संघिय संसदका लागि पुर्व मन्त्री गोकुल बास्कोटा र गंगाबहादुर दोङ्ग काभ्रेपलाञ्चोक जिल्लाबाट प्रत्यक्ष निर्वाचित ब्यत्ति हुन् । मन्त्री हुँदै शुरु गरेका बहुचर्चित र राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तरता सहित बास्कोटाले मदन भण्डारी विश्वविद्यालय, सुरक्षण मुद्रण केन्द्र, प्रतिरक्षा विश्वविद्यालय, विमानस्थल, सडक, खानेपानी, सिंचाई, करिडोर, पुल, नाली ढल, सौर्य उर्जा, ग्रामिण विद्युत्तिकरण जस्ता शिषर्कहरुमा १ सय एक योजनाका लागि बजेट विनियोजन गराउनु भएको छ । जिल्लाको कायापलट गराउने गरी शुरु गरिएका योजनाहरु निर्वाचनको समयमा जनतासँग गरिएको बाचा अनुसार हो । ‘जनताले विश्वासले दिएको मतलाई मैले धोका दिएको छैन र दिने पनि छैन’– पुर्व मन्त्री एवं नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले भन्नुभयो–‘गत वर्षका चालु योजनाहरु छँदै छन् यो वर्ष थप कार्यक्रमहरु समावेश गरी जिल्लाको विकास निर्माणलाई प्राथमिकता दिएका छौं ।’ सांसद गंगाबहादुर दोङ्ग बमध्वजले जिल्लाका रोशी, कोशी, डाँडापारी क्षेत्रमा आयोजनाहरुको प्राथमिकिकरण गरिएको बताउनु भयो । कोशिपारी जोड्ने पुल, ग्रामिण विद्युत्तिकरण, सडक, सिंचाई लगायतका योजनाहरु प्राथमिकतामा पारेका छौं ।

राष्ट्रिय गौरवका आयोजनाहरुमा पाँचखालमा मदन भण्डारी विश्वविद्यालय, साँगामा प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण केन्द्र, करिडोर, खानेपानी, सडक, सिंचाई, ढल प्रशोधन, काभ्रे भ्याली स्मार्ट सिटी, धुलिखेलसम्म ६ लेनको सडक, ग्वार्काे कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत ट्रेल, पाँचखाल सिंचाई परियोजना मार्फत इन्द्रावतीको पानी पाँचखालमा, बुद्ध सर्किट, कोशिपारी जोड्ने चेहेरेको पुल, काभ्रे भ्याली, मण्डनदेउपुर, पाँचखाल, तेमाल, नमोबुद्ध, बेथान्चोक गाउँपालिकामा खानेपानी आयोजना जस्ता महत्वपूर्ण गौरवका आयोजनामा रकम विनियोजन भएको छ । १११ मेगावाटको कोखाजोर जलाशययुक्त जलविद्युत्त आयोजना, मादनकुँडारी मकैबारी आयोजना ३३ केभिए, पाँचखाल उपत्यका जलश्रोत आयोजना, सामुदायिक तथा ग्रामिण विद्युत्तिकरण अन्य तथा अधुरो ग्रामिण विद्युत्तिकरण प्राथमिकतामा परेका छन् ।

मन्त्री बास्कोटाले जननेता मदन भण्डारीको योगदानलाई स्मरण गर्दै सरकारले निर्माण गर्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि १ अर्ब २० करोड रकम विनियोजन गर्न लगाएका छन् । जसका लागि पाँचखाल नगरपालिका वडा नम्वर ७, १० र १२, नमोबुद्ध नगरपालिका वडा नम्वर २ र ३ नम्वर वडामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि नीजि तथा सरकारी ११ हजार ६१ रोपनी जमिन ब्यवस्थापन गरिएको छ । यो जिल्लाको महत्वपूर्ण आयोजना हो । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा हस्तान्तरण गरिसकेको छ । ब्यक्तिका नाममा रहेको ७ सय १४ रोपनी जमिन अधिग्रहणको प्रकृया सकिएको छ । साविक बालुवा गाविस वडा नम्वर ६ र ८, होक्से गाविस वडा नम्वर २, मेथिन्कोट गाविस वडा नम्वर ७, फुलबारी गाविस वडा नम्वर ५ र ६ नम्वर वडाका जग्गाहरु विश्वविद्यालयका नाममा दर्ता गरिएको छ ।

आउँदो वर्ष जिल्लामा दुईवटा विश्वविद्यालय निर्माण हुने भएका छन् । मदन भण्डारी विश्वविद्यालयसँगै बनेपाको साँगामा प्रतिरक्षा विश्वविद्यालयका लागि २० करोड ३४ लाख रुपैया विनियोजन भएको छ । उक्त विश्वबिद्यालयमा नेपाली सेनाले प्रतिरक्षा सम्वन्धी विषयमा अध्यन अध्यापन गराउनेछ । जिल्लाको अर्काे महत्वपूर्ण आयोजना सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार हो । साविकको आईटी पार्क क्षेत्रमा उक्त पूर्वाधार निर्माणको कार्य शुरु भईरहेको छ । ३० करोड ४० लाख उक्त प्रयोजनका लागि खर्च हुनेछ । जिल्लाको अर्काे गौरव मानिएको धुलिखेलसम्मको ६ लेन सडकको निर्माणका लागि सुर्यविनायक धुलिखेल र कोटेश्वर बानेश्वर सडक खण्डका लागि १ अर्ब २० लाख बजेट विनियोजन भएको छ । अरनिको राजमार्ग सुर्यविनायक देखि दोलालघाटसम्मको खण्ड स्तरोन्नतीका लागि ७ करोड ४० लाख विनियोजन गरिएको छ । त्यस्तै विपी राजमार्ग सडक आयोजनाका लागि ५३ करोड ७ लाख रुपैया विनियोजन भएको छ । धुलिखेलबाट सिन्धुलीको सिमानासम्म उक्त आयोजनाका कार्य गरिनेछ ।

पाँचखाल सहरी खानेपानी तथा सरसफाई आयोजनाका लागि ३४ करोड ४१ लाख विनियोजन भएको छ । पाँचखाल क्षेत्रका लागि यो ऐतिहासिक र महत्वपूर्ण आयोजना हुनेछ । विशेष आर्थिक क्षेत्र लगायतका अन्य कार्यहरु भए पनि खानेपानीका क्षेत्रमा यो महत्वपूर्ण आयोजना र बजेट हो । जिल्लाको कायापलट हुने खालका ३१ वटा क्रमागत योजनाहरु छन् । चारवटा योजनाहरु नयाँ कार्यक्रम छन् ।

बनेपा, पनौती, धुलिखेल क्षेत्रको महत्वपूर्ण आयोजना पुण्यमाता करीडोर निर्माण शुरु भएको छ । खानेपानी आयोजनाहरु, सिंचाई, सडक क्रमागत योजनाका महत्वपूर्ण आयोजना छन् । खोपासी बल्थली कामिडाँडा सडक, पनौती खोपासी ताल्ढुङ्गा सडक, बनेपा पनौती सडक, ग्वार्काे लुभु लाकुरीभञ्ज्याङ्ग कुशादेवी पनौती दाहालटार सडक, नाला काशिभञ्ज्याङ्ग सडक, ब्याडढुङ्गा लामिछानेगाउँ कलमसी सडक, धुलिखेल ढल निर्माण तथा प्रशोधन, बनेपा ढल निर्माण तथा प्रशोधन, साँगा ढल निर्माण तथा प्रशोधन, पाँचखाल भमरकोट लिफ्ट खानेपानी, साँगा खानेपानी, हिले जलजले दोश्रो खानेपानी, मण्डन देउपुरमा रहेको कालिकास्थान र कुन्ताबेशी खानेपानी आयोजना, वेथान्चोक बृहत्त खानेपानी, धुलिखेल ७,८,९ खानेपानी, बालुवापाटी खानेपानी, श्रीचौर खानेपानी बेथान्चोक, खानीगाउँ पनौती १, रविओपी खानेपानी, पलाञ्चोक भगवती खानेपानी, भूमिडाँडा बृहत्त खानेपानी, बल्थली खानेपानी, होक्से खानेपानी आयोजना क्रमागतमा छन् ।

सुनकोशी नदिमा चेहेरे सापिङ्ग जोड्ने पुल, नगरकोट गैह्वििसौना हिगुवापाटी सडक, पाँचखाल पलाञ्चोक भगवती सडक, बनेपा रविओपी पाँचखाल सडक, नगरकोट ग्रैह्वििसौना ढाडखोला सडक, च्यामासिङ्ग नाला बनेपा सडक क्रमागतमा छन् । मण्डनदेउपुर सोलार लिफ्ट सिचाई आयोजना, तेश्रो कुलो लिफ्ट सिंचाई आयोजना पाँचखाल ७, रातडिही बेसी लिफ्ट सिचाई आयोजना, राहुलडाँडा लिफ्ट सिचाई आयोजना बनेपा १३ मा सम्भाब्यता अध्ययन गरिदैछ । यि नयाँ कार्यक्रम हुन् । मण्डनदेउपुरमा तीनवटा र धुलिखेलमा २ वटा सिचाई योजनाका लागि १० करोड ९ लाख रुपैया विनियोजन भएको छ । नयाँ प्रविधिमा आधारित सिंचाई आयोजनामा बजेट समावेश गरिएको हो । दोलालघाट, फलाँटे कोलाती ढाडखर्क पोखरीचौरी गुराँसे सडक कालोपत्रे गर्न ३३ करोड विनियोजन भएको छ । काभ्रेका १३ वटा स्थानीय तहहरुमा कृषि कार्यक्रम संचालन गर्ने गरी ९ करोड ३१ लाख रुपैया विनियोजन भएको छ । काभ्रे भ्याली स्मार्ट सिटी पूर्वाधार निर्माणका लागि ५ करोड ९० लाख विनियोजन भएको छ ।

विनियोजन भएका योजनाहरु मध्ये बनेपा नगरपालिकामा २६, धुलिखेल नगरपालिकामा १५, पाँचखाल नगरपालिकामा २०, मण्डनदेउपुर नगरपालिका २० वटा, बेथान्चोक गाउँपालिकामा ५ वटा, नमोबुद्ध र भुम्लु गाउँपालिकामा पनि विभिन्न योजनामा बजेट विनियोजन गरिएको छ । २५ वटा योजना ५० लाख भन्दा माथीका छन् । ५० लाख भन्दा कमका केहि योजना पनि छन् । समपुरक अनुदानमा ५ वटा योजना परेका छन् भने विशेष अनुदानमा ४ वटा योजना छन् । जिल्लाका लागि सडक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत बोहोरेदोभान खहरेखोला गोठपानी कात्तिकेदेराली मादनकुँडारी सडक, बोहोरेदोभान ठुलोपर्सेल चित्रेटार माम्ती सडक, भकुण्डेबेसी अमर निवास सडक, पाँचखाल पलाञ्चोक भगवती सडक, पनौती नमोबुद्ध शंखेश्वरी सडक, ढाँडखर्क भञ्ज्याङ्ग देउराली मादनकुँडारी सडक, काभ्रे नमोबुद्ध दाप्चा काँक्रे, मध्यपहाडी लोकमार्ग आरुबोट कुँडारी मादन कात्तिकेदउराली निर्माण, भकुण्डेबेशी आरुटार कासिटार सडक पर्ने सजियाँबाद कल्भट निर्माण, राजाखोला बनखु, घसर्तछाप, गोकुले, जगथली, तालढुंगा मिल्चे सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । १६ वटा पुल निर्माणका लागि रकम विनियोजन भएको छ । विपी राजमार्गको सिन्धुली खुर्काेट धुलिखेल खण्डका लागि १८ करोड रकम विनियोजन भएको छ । गोदावरी कुण्ड काभ्रे मानेचौर जोड्ने सुरुङ्गमार्ग, शंखु नमोबुद्ध दाप्चा सडकका लागि ३ करोेड रकम विनियोजन भएको छ ।