श्रेष्ठको पाँचौ स्मृति दिवसमा एन्फाको श्रद्धाञ्जली सभा



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वर्गीय ललितकृष्ण श्रेष्ठको पाँचौं स्मृती दिवसमा आज श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका स्वर्गीय श्रेष्ठको पुण्यतिथीको अवसर पारेर सातदोबाटोस्थित एन्फा कम्लेक्स परिसरमा श्रद्धाञ्जली सभा गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच एन्फाले सामाजिक दुरी कायम राखेर आयोजना गरेको श्रद्धाञ्जली सभामा स्व. श्रेष्ठको सम्झनामा १ मिनेट मौन धारण गर्दै श्रेष्ठको प्रतिमामा माल्यार्पण गरिएको थियो । उक्त सभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायत स्व. श्रेष्ठको परिवार, थ्री स्टार क्लबका प्रतिनिधिहरु, प्रशिक्षक , खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा एन्फाका सहायक महासचिव तथा थ्रीस्टार क्लबका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले श्रेष्ठको योगदानको चर्चा गरेका थिए । करेन्ट लागेर २०७२ सालमा निधन भएको श्रेष्ठको सम्झनामा एन्फाले हरेक बर्ष श्रद्धाञ्जली सभा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्