सरस्वती न्यौपाने, रसुवा ।
जिल्लामा विपदव्यवस्थापनका लागि उद्दार टोली तयार गरिएको छ। विपद व्यवस्थापन समितिका अध्यक्ष एवंम प्रमुख जिल्ला अधिकारि हरि प्रसाद पन्तका अनुसार सम्भावित खोज तथा उद्दारका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको तर्फबाट ३० जना, सशस्त्र प्रहरीबाट १० जना, जनपथ प्रहरीबाछ १० जना गरि ५० जनाको टोली तयार गरिएको छ।
टोलीलाई मनसुनबाट हुन सक्ने क्षति न्युनिकरण तथा आपतकालिन अवस्थामा तुरुन्त परिचालन गर्ने, बाढि पहिरोको असरले क्षति हुन सक्ने नेपाल चिन बिचको वेत्रावति, मैलुङ, स्याफ्रुवेसि रसुवागढि मार्गको सुरक्षामा खटिने जस्ता जिम्मेवारी दिइएको छ । यस्तै, विपदव्यवस्थापन समितिले सबै गाउँपालिकालाई समेत सुरक्षाको जिम्मेवारी दिएको छ।
वर्षायाममा आकस्मिक पहिरो पन्छाउने कार्यमा जिल्लाभित्र सञ्चालित जलविद्युत आयोजना र गल्छि, त्रिशूली ,मैलुङ, स्याफ्रुवेसि सडक सुधार आयोजना समेतको स्वामित्वमा रहेका स्काभेटर जस्ता अन्य उपकरण प्रयोगमा ल्याई व्यवस्था मिलाउने प्रजिअ पन्तले जानकारि दिनुभयो । बर्षातको समयमा राजमार्ग निरन्तर चालू गराउन उतरगया, कालिका एवं गोसाईकुन्ड गाउँपालिका तथा सिप्ले, भोर्ले नौकुण्ड र थाम्वुचेतको साहायक मार्ग समरक्षण गराउन आमाछोदिङमो गाउँपालिकालाई जिम्मेवारी दिईएको विपद व्यवस्थापन समितिले जनाएको छ।











प्रतिक्रिया