प्युठानमा पहिलोपटक देखियो कोरोना



सलिम अन्सारी,प्यूठान ।

प्यूठान जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानका ५९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमर क्याम्पस भिंगृको क्वारेन्टाईनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको छ ।

उनी हालै भारतको चेन्नेईबाट आएपछी क्वारेन्टाईनमा थिए। जेष्ठ १३ गतेबाट उनी क्वारेन्टाइनमा थिए । अमर क्याम्पसको क्‍वारेन्टाइनमा बसेका १० जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङ पठाएका मध्ये ५९ बर्षीया एक पुरुषमा कोरोना देखिएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर केसीले बताए ।

केसीका अनुसार उनको अबस्था सामान्य छ। कोरोना पुष्टि भएका उनलाई कहाँ कसरी ब्यबस्थापन गरिने सन्दर्भमा बैठक बसिरहेको केसीले जानकारी दिए । यो संगै देशभर पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्