अभिनेता जयनेन्द्रको निधन



न्युज अफ नेपाल,काठमाडौं ।

अभिनेता जयनेन्द्र चन्द ठाकुर (ठकुरी) को निधन भएको छ।९१ वर्षिय ठाकुरको आईतवार निधन भएको हो।उनी लामो समयदेखि पक्षघातसँग जुधिरहेका थिए। पक्षघातले अशक्त बनाएपछि ठाकुर छोरीको घरमा बस्दै आएका थिए।

ठाकुरले सानो र ठुलो पर्दाका विभिन्न चलचित्रबाट दर्शकको मन जित्दै आएका थिए। उनी जस्तोसुकै भूमिकामा पनि अभिनय गर्न निपुण थिए। उनले जयनेन्द्र चन्द ठाकुरका रुपमा चिनाउँदै आए पनि आफ्नो थर अरु समुदायसँग मिल्न गएपछि जयनन्द चन्द ठकुरी लेख्दै आएका थिए।

अभिनय क्षेत्रमा योगदान पुरयाएवापत उनी विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत र सम्मानित भएका थिए। उनको निधनप्रति कलाकर्मीहरुले गहिरो शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्