क्यान्सर पीडित भुजेललाई आर्थिक सहयोग



न्युज अफ नेपाल,काठमाडौँ।

नेपाली समाज अक्सफोर्ड शायर बेलायतले स्तन क्यान्सरबाट पीडित एक महिलालाई १ लाख ४० हजार रुपियाँ सहयोग गरेको छ ।समाजले कास्कीको मादे गाउँपालिका १२ हाँडीखोला बस्दै आएकी शोभा भुजेललाई उक्त सहयोग रकम हस्तानतरण गरेको हो । लामो समयदेखि स्तन क्यान्सरबाट पीडित भुजेलको आर्थिक अवस्था कमजोर भएको समाचार सार्वजनिक भएपछि समाजले उक्त सहयोग गरेको हो ।

उपचार गराउन खर्चको अभाव भएपछि अक्सफोर्ड सायरमा रहेका नेपाली समुदायका बेलायती सेनामा कार्यरत पूर्व क्याप्टेन तुलसीप्रसाद पौडेलको अगुवाईमा उक्त रकम संकलन गरी भुलेजलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उक्त राहत रकम संयुक्त अधिराज्य, अक्सफोर्ड बस्दै आउनु भएका पोखरा अमरसिंह चोकका होम गुरुङ्गले संयुक्त अधिराज्य अक्सफोर्ड शायर बेलायतमा बसोबास गर्नुहुने नेपाली हरुको प्रतिनिधित्व गरि उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो।

नेपाली समाज अक्सफोर्ड शायर ले हालसालै कोरोना भाइरस महामारीको कारणले भोकमरीमा परेकाहरुक लागि कलंकी स्थित नेपालय विद्यालय र नवज्योति क्लबको सहयोगमा कम्तिमा १ हजार ४०० जनाको लागि एक हप्ता निःशुल्क खाना खुवाउनको लागि पनि आर्थिक सहयोग गरेको थियो।

समाजले बिभिन्न शीर्षकमा माभृभूमीकालागि सहयोग गर्दै आएको छ । सो समुदायले धादिडको धुनीबेसीमा रहेको कालीदेवी आधारभूत बिद्यालयको पुन र्निर्माणकालागि २६ लाख सहयोग गरेको थियो ।

नेपाली समाज अक्सफोर्ड शायर बेलायतका अध्यक्ष पौडेलले यो ूजीवन बचाऊू अभियानमा सहभागी भई उपचारको लागि रकम संकलन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्