भारतबाट आएकाहरु क्वारेन्टाईनमा बस्न पाएनन्



न्युज अफ नेपाल,रौतहट ।

भारत बाट फर्केर घर आएकाहरु क्वारेन्टाईनको अभाबमा बिचल्लिमा परेका छन । चन्द्रपुर–३ गैडाटार निबासी ४३ जना नत घर जान पाएका छन नत क्वारेन्टाईनमा बस्न पाएका छन उनीहरु खुल्ला आकाशमुनी चौरमा बस्न बाध्य भएका छन । चन्द्रपुर नगरपालिकाले समयमै क्वारेन्टाईन बनाउन नसक्दा भारत लगायत तेस्रो मुलुक बाट रोजगारी गरी घर फर्केकाहरु बिचल्लिमा परेका हुन ।

बुधबार मात्रै भारत बाट आएकाहरुहरु चन्द्रपुर नगरपालिका–६ स्थित स्वर्गीय शेर बहादुर दर्लामी स्मृती खेलमैदानको चौर र मंन्दिरको प्रा–६ स्थित स्वर्गीय शेर बहादुर दर्लामी स्मृती खेलमैदानको चौर र मंन्दिरको प्राङ्गणमा खुल्लारुपले बस्न बाध्य भएका छन । खुल्ला आकाशमुनी बसेकाहरु उनीहरु लाई शौच गर्न समेत पाएका छैनन ।

भारतको बीहार राज्यको सासारा बाट आएका उनीहरु ३२ दिन सिमाबर्ती भारतको बैरगनीयाको क्वारेन्टाईनमा बसेर आएका हुन । त्यहाको पिसिआर परिक्षणमा नेगेटिभ रहेको जनाइएको छ । तर यहाको क्वारेन्टाईनमा समेत बस्नु पर्ने भएकाले उनीहरु घर जान पाएका छैनन । क्वारेन्टाईनमा बस्न नपाउदा उनीहरु राम्रो संग खाना खान समेत पाएका छैनन ।

चन्द्रपुर नगरपालिका वडानम्बर ३ का अध्यक्ष बोधनाथ देबकोटाले भने आफना नागरिक बिचल्लिमा परेको बताउदै चिन्तित भएका छन । बिचल्लिमा परेका उनीहरु लाई नत गास छ नत बास छ उल्टै परिबर्तित गर्मी मौसम, हावाहुरी र बर्षाले रोग र शोकमा पर्न सक्ने स्थिती रहदा समेत चन्द्रपुर नगरपालिकाको बेवास्ता रहेको छ ।

खुल्ला आकाश मुनी बस्न बाध्य रहेका उनीहरुको अबस्था यतिखेर कन्तबिजोग बनेको छ । चन्द्रपुर नगरपालिका–६ स्थित स्वर्गीय शेर बहादुर दर्लामी स्मृती खेलमैदानमा रहेको एन्फा एकेडमी लाई चन्द्रपुर, गुजरा, बृन्दाबन र गडिमाई नगरपालिकाले यस अघि बनाएको क्वारेन्टाईन लाई आईसोलेसनमा परिणत गरेपछि चन्द्रपुर नगरपालिकाले क्वारेन्टाईन निर्माणमा ढिलाई गर्दा भारत बाट आउने नागरिकहरु अलपत्रमा पर्न थालेका हुन ।

रोजगारी गरेर भारत वा तेस्रो मुलुक बाट फर्केर आफनो घर आउने नागरिकको स्वास्थ्य परिक्षण नहुदा सम्म सम्बन्धित नगरपालिकाले क्वारेन्टाईमा राखेर कोरोना भाईरसको संक्रमण फैलन नदिन भुमिका खेल्नु पर्ने हो तर पुर्ब पश्चिम राजमार्ग संग जोडिएको चेतनशिल मानिसहरुको बसोबास रहेको चन्द्रपुर नगरपालिकाको बेवास्ता रहेको छ । भारत बाट आएकाहरु क्वारेन्टाईन बाहिरनै बसेपछि त्यसवरपरका स्थानीय भने त्रासमा रहेका छन । भारत बाट रौतहट घर फर्किनेको संख्या दिनानुदिन बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्