हात्तीको आक्रमणबाट महिला घाईते



घनश्याम बगाले,नवलपरासी ।

जंगली हात्तीको आक्रमणबाट पूर्वी नवलपरासीमा एक महिला घाईते भएकी छन् । घाईते हुनेमा मध्यविन्दु नगरपालिका २ कोल्हुवाकी ४५ वर्षीया मंगली बोटे रहेको प्रहरीले जनाएको छ ।

चितवन राष्टिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गतको गैडाखाल्साको जंगलमा घास काट्ने क्रममा बोटेलाई जंगली हात्तिले आक्रमण गरेको थियो ।

हात्तिको आक्रमणबाट टाउकोमा चोट लागेकोले बोटेलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिप्रका पूर्वी नवलपरासीका प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्