भारतीय सेनाको टोली चिनियाँ सेनाको नियन्त्रणमा



एजेन्सी । लद्दाखस्थित सीमा क्षेत्रबाट भारतीय सेनाको टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको छ ।

भारतीय सेना बिना अनुमती आफ्नो क्षेत्रमा पसेपछि नियन्त्रणमा लिएको चिनियाँ सेनाले बताएको छ । तर भारतीय पक्षले भने यस कुरालाई अस्वीकार गर्दै सो खबरनै गलत रहेको दाबी गरेको छ । बिना अनुमती आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेका भारती जवानलाई नियन्त्रणमा लिइ रिहा गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले लद्दाखको प्याङ्‍गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपाको लाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी० मा सैन्य उपस्थिति समेत बढाउँदै गएको छ । यस्तै, भारतीय सेनाले विरोध गरिरहदा चीनले गालवन गल्छीमा दुई सातायता १०० अस्थायी क्याम्पसहित बंकर बनाउने मेसिन समेत उक्त स्थानमा पुर्‍याइसकेको छ ।

भारतीय सेनाले पनि प्याङ्गङ्‍ग ताल र गालवन गल्छीमा सैन्य क्षमता बढाउने कुरा बाहिर आएको छ ।

उक्त क्षेत्रमा यस महिना मात्रै भारत र चीनका सैनिकबीच तीन पटक झडप भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्