लकडाउनका कारण बन्द भीरकोट नगरपालिको हाट वजार संचालन



भूपराज बस्याल,स्याङ्जा ।

कारोना भाइरस कोभिड १९ का कारण स्थागित भएको भीरकोट नगरपालिकाको हाट बजार शनिबार बाट संचालनमा आएको छ । पालिकाको सिसौघारी स्थित वसपार्कमा प्रत्येक हप्ताको शनिवार संचालन हुदै आएको हाट वजार कोभिड १९ का कारण वन्द रहेको थियो भने झण्डै ३ महिनाको अवधि पछि उक्त हाट बजार संचालनमा आएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनीकरण गर्न जारी लकडाउनले कृषकका कृषिउपजले बजार नपाईरहेका बेला भीरकोटले हाट बजार सञ्चालनमा ल्याएको नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो । हाटबजार दैनिक विहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालनमा आउने तर विक्री भने दिउसो १२ वजेपछि मात्र हुने उहाँले बताउनुभयो ।

कृषकको उत्पादन नगरपालिकाले किन्ने र होलसेल मुल्यको २ प्रतिशत राखेर नगरपालिकाले उपभोक्तालाई विक्रि वितरण गर्ने र कृषकले आफ्ना उपजहरु विहान १२ बजे अगावै हाटबजारमा ल्याउनुपर्ने र नगरपालिकाले चलेको होलसेल भाउमा किनेर हाटबजारमा बेच्ने नगर उपप्रमुख सिमा केसी कर्माचार्यले वताउनुभयो ।

हाट वजारमा दैनिक २ जना कर्मचारीले फलफुल तथा तरकारी किन वेच गर्ने व्यवस्था मिलाई हाट वजारलाई व्यवस्थीत गरीएको भन्दै अहिले हाट वजारमा काक्रा,घिरौला,लौका,करेला,फर्सीहरु प्रशस्त मात्रामा रहेको भीरकोट नगरपालिका कृषी संयोजक तथा नगर प्रवत्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

शनिवार वाट शूरु भएको हाट वजारमा सामाजिक दुरी कायम गरी भीरकोट नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक र उपभोक्ताहरुको उपस्थिति रहको थियो ।

प्रतिक्रिया दिनुहोस्