भूमिरक्षाका लागि सबै एकजुट हुनुपर्छ : बडु



बैतडी ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभएको छ । रासससंँग आज कुरा गर्दै उहाँले आफ्नो भूमि रक्षाका लागि सबै इमान्दारीपूर्वक एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री बडुले भन्नुभयो, ‘सत्ता पक्ष, कुनै प्रतिपक्ष नभनी एक भएर सबैले एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छ ।’ लिपुलेक क्षेत्रको विवाद त्रिदेशीय वार्ताका माध्यमबाट मिलाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्