लकडाउनले गरिबलाई छाक टार्न समस्या



सुभेन्द्र दास,लहान।

दलित, गरिब तथा विपन्नवर्गलाई यत्तिबेला दैनिक छाकटार्न समस्या भएको छ । स्थानीय सरकारले उनीहरुलाई थोरै राहत दिएको छ । यो दूई महिनाको लकडाउनमा समान्य राहतले उनीहरुको दुई तीन साता जेनतेन गुजारा चल पनि महिनौसम्म उनीहरु कसरी बाच्छन् होला ? यस्तै प्रश्न उठ्न थालेपछि लहान ८ का यादव दम्पति जितन र ललिताले आफ्नो नीजि लगानीमा दलित, गरिब तथा विपन्नवर्गको वस्तीमा राहत लिएर पुग्ने गरेका छन् ।

यादव दम्पतिले लहानको अधिकांश विपन्न वर्गको बस्तीमा राहत पुर्याएर सराहनीय काम गरेको छन् । स्थानीय सरकारको जनप्रतिनिधिहरुले पार्टीगत राहत वितरण गरेर विवाद खडा गरेको बेला लहान ८ का जितन यादव र ललिता यादवले निष्पक्ष अति विपन्न वर्गलाई हातमुख जोर्न राहतको व्यवस्था गर्दै आएका छन् ।

धनगढीमाईको आमगाछी चैनपुर र सोनापुरमा जेठ ७ गते यादव दम्पतीले दूई सय बढी घरपरिवारलाई राहत उपलब्ध गराएको छ । राहत पाउँने मखनी सदाय भन्छिन् ‘लकडाउनको दूई महिना भयो ।’ ‘स्थानीय सरकारले दिएको चामल १५ दिन पनि चलेन ।’ ‘आज पाएको राहतले धेरै ठूलो सहयोग पाएका छौं ।’ ‘अहिले जनवैनमा पनि बोलाउँन ।’ ‘ दैनिकी बाच्न समस्या छ ।’ ‘ अब सरकारले पैसा दिएको भए हुन्थ्यो ।’ ‘बालबृद्धको औषधी त गर्थे नि ।’ समाजिक दुरी गरी उनीहरुले राहत लिएका छन् ।

यादव दम्पतीले प्रति घर १० किलो चामल, १ किलो दाल, १ किलो नुन, एक किलो आलु, सोयाविनलगायतको प्याकेट दूई सय घरपरिवारलाई उपलब्ध गराएको छ । यादव दम्पती जितन र ललिताले ‘सरकारको सहयोग अपुग भएकोले आफ्नो नीजि लगानीमा विपन्नवर्गको लागि सहयोग गरिएको हो ।’ ‘यसमा कुनै राजनीतिक छैन ।’ ‘गरिबको भलो अनि आफ्नो पनि भलो ।’ गरिब दलित तथा विपन्नवर्गको लागि यादव दम्पतीले अभियानकै रुपमा राहत वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्