सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामाग्री वितरण



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको उत्तरगया गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका एक सय ३८ जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ।

उत्तरगया गाउँपालिकाको (कोभिड-१९) निर्देशन समितिको बैठकले पोषणयुक्त सामग्री वितरण गर्ने निर्णय बमोजिम लकडाउनका कारण प्रभावित गर्भवती,सुत्केरी महिलालाई प्रतिव्यक्ति पाँच सय ग्राम हर्लिक्स,मुसुरोको दाल साँढे दुई केजी,रहरको दाल साढे दुई केजीे,भटमास तीन केजी केराउ तीन केजी,राज्मा साँढे दुई केजी वितरण गरिएकोछ।

सिड्स रसुवा र कृश्चियन एडको साझेदारिमा उत्तरगया गाउँपालिकाको समन्वयमा गाउँपालिका भित्रका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हो ।

लकडाउनको समयमा जन्मिएका नवजात शिशु र आमालाई उचित पोषणयुक्त खानेकुराको अभाव हुन नदिन र कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई ध्यान दिई खाद्य सामग्री वितरण गरिएको परियोजनाका कार्यक्रम संयोजक नारायण भट्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्