प्रदेश ५ सरकारद्वारा स्वर्गीय पोखरेलको बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय



यमलाल भुसाल,बुटवल ।

प्रदेश ५ को मन्त्री परिषदको विहिवार वसेको वैठकले प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषदको बैठले.प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम यही जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री परिषदको बैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने , आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको छ ।

त्यसैगरि यही जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी पे्रसनोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्