ललितपुर महानगरपालिकालाई प्रारम्भ र आनीको सहयोग



न्युज अफ नेपाल,काठमाडौं ।

प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले ललितपुर ममाहानगरपालिका लाई पिपिइ किट सेट र फस्र्ट एड किट्स सहयोग गरेको छ । सिंगापुर रेडक्रसका लागी नेपाल प्रतिनीधि कल्पना क्षेत्री, गायिका आनी छोइङ डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई १५ थान पिपिइ र प्राथमिक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

ललितपुर महानगरपालिका भित्र फोहोर सकंकलन तथा सरसफाईमा दैनिक फिल्डमा काम गर्नेहरुका लागी उक्त सहयोग गरिएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले बताउनुभयो ।

लकडाउन शुरु भएयता विभिन्न स्थानीय निकाय, सरकारी तथा सामुदायीक अस्पताल, सुरक्षा निकाय एवं सञ्चार संस्थाका लागी विशेष सहयोग गरिरहेका दुबै संस्थाले अत्यावश्यक स्वास्थ्य सामाग्री, पिपिइ, एन ९५ मास्क, सानीटाइजर, खाद्य सामाग्री एवं प्राथमिक स्वास्थ्य सामाग्री सहयोग वितरण गर्दै आएको छ ।

कोरोना संक्रमितको उपचारका लागी तोकिएका अस्पताल र कोरोना संक्रमण फैलिएका क्षेत्रहरुमा सहयोगका लागि सक्रिय प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले फ्रण्टलाईनमा क्रियाशिल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं सञ्चारकर्मीहरुलाई सहयोग गरिएको आनी छोइङ डोल्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्