पहाडमा पनि कालाजारका विरामी



दयाराम पण्डित, बाजुरा  ।

सामान्यतया तराईमा देखिने कालाजारका विरामीहरु पछिल्लो समयमा पहाडमा पन देखिन थालेका छन् । बाजुराको उत्तर पूर्वी क्षेत्रमा विहीवार थप एक बालकलाई कालाजार भएको पुुष्टीभएको छ ।

स्वामिकार्तिक खापर गाँउपालिका २ साप्पाटाका १४ महिनाका योगेस न्यौपानेलाई कालाजार देखिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले वताउनुुभयो ।

उपचारका लागिकोल्टी ल्याइएका योगेसलाई प्रयोगशालामा परिक्षण गर्दा कालाजार भेटिएको बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहीले जानकारी दिनुुभएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कालाजार रोगको उपचार छैन् । कालाजारको उपचार धनगढी, नेपालगञ्ज, सुर्खेत लिनु पर्ने डा. राजुराज जैशीले भन्नुुभयो । “कालाजार सरुवा रोग भएकाले कालाजार रोगको निदान गर्न सम्बद्ध निकायले साबधानी अपनाउनु जरुरी रहेको” डाक्टर जैशीले जानकारी दिनुुभएकोछ ।

कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइबाट हुने र भुसिनाकै टोकाइबाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने ।”स्वास्थ्यकर्मीले वताएका छन् ।

“मौसम परिवर्तनका कारण पहाडी जिल्लामा पनि कालाजार देखिन थालेको छ । र्यापिट टेष्टकिटका माध्यामबाट चेकजाँचगर्दा दुुई बालकालाई कालाजार देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुु भएको छ । बाजुरामा आवस्यक उपकरण तथा औषधीको ब्यबस्था नहुंदा दुुइटै विरामीलाई प्रादेशिक अस्पताल धनगढीमा आजै रिफर गरीसकेका छौं ।

साथै आगामी दिनमा जिल्ला अस्पताल बाजुरामै उपचार ब्यबस्था मिलाउन आवस्यक उपकरण तथा औषधी ब्यबस्थापनका लागि माथिल्लो निकायमा पत्राचार गरीसकेको छौं ।” स्वास्थ्यप्रमुख पन्तले जानकारी दिनुभएको छ । “कालाजार मच्छर र भुसुनाहरुबाट सर्ने रोगहो,गर्मीसंगै तराइवाट पहाड आएका भुसुनाबाट सरेको हुनसक्छ ।” स्वास्थ्य कार्यालय प्रमुख पन्तले भन्भयो ।

कोल्टी क्षेत्रमा १ बर्ष पहिला कालाजारबाट एक जना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षीय भाग्य शाहीको उपचारका क्रममा काठमाडौको कान्ति वाल अस्पतालमा मृत्यु भएको बताइएको छ।

उनलाई कोल्टी स्वास्थय केन्द्रमा उपचारका लागि ल्याईएको थियो । कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौं रिफर गरेका थियौं अन्ततःबालकको मृत्यु भएको खवर आयो कोल्टी स्वास्थ्य केन्द्रका कर्मचारीले भने ।

गएको बर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए । स्वामिकातिक गाँउपालिका ५ जेरा बस्ने ११ बर्षीय कञ्चना शाही र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा कि ३ बर्षीय करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्