बाढीले बगाउँदा बालिकाको मृत्यु



रामधन राई, खोटाङ ।

खोटाङस्थित साप्सु खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

बाख्रा चराएर घर फर्कने क्रममा वाढी आएको खोलाले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकि १४ बर्षीया अम्बिका रोक्काको मृत्यु भएको हो ।

सोमबार बर्षासँगै आएको वाढी सहितको खोला तर्न लाग्दा बालिकालाई बगाएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी निरीक्षक आमोद्कुमार खेरवारले बताउनुभयो । बेपत्ता बालिकाको शव प्रहरीचौकी निर्मलीडाँडाबाट खटिएका प्रहरी र स्थानीयले घटना स्थलबाट करिब एक किलोमिटर तल फेला पारेका थिए ।

बालिका घरबाट खोलापारी पर्ने साकेला गाउँपालिकास्थित बाँझे च्यानडाडाँको सेखुवामा बाख्रा चराउन गएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्