नागरिक सेवाका लागि चौबीसै घण्टा खटिन तयार छु : एसएसपी थापा



भूपराज बस्याल, काठमाडौँ ।

नेपाल प्रहरी सेवामा २५ बर्षभन्दा बढी अनुभव संगाल्नु भैइ भर्खरमात्र महानगरीय अपराध महाशाखाको प्रमुख जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले अपराध नियन्त्रण र नागरीक सेवाको लागी चौबीसै घण्टा खटिन तयार रहेको बताउनु भएको छ ।

न्युज अफ नेपालसंग कुराकानी गर्दै थापाले प्रहरी सेवामा कुनै कमजोरी हुन नदिने र महाशाखाले बनाएको छविलाई थप सशक्त बनाउदै अझ प्रभावकारी ढंगले अगाडी बढ्ने रणनीति बनाएको बताउनु भयो ।

‘म जनताको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा थप प्रभावकारी रुपमा बढ्नेछु ।’ थापाले भन्नुभयो अहिलेसम्म आफूले अन्र्तराष्ट्रिय स्तरमा लिएका तालिम र अध्ययनलाई प्रविधिको नविनतम माध्यमबाट अपराध न्यूनिकरण गर्ने उहांँले प्रतिबद्धता व्यक्त गर्दै । उहाँले भन्नुभयो ‘काठमाडौ देशकै केन्द्रबिन्दु र आपराधिक गतिविधिको हब हो “ यसलाई न्यूनिकरण र नियन्त्रण गर्न मेरोलागि चुनौतिसंँगै अवसर पनि हो ।’

विगतका अपराधका प्रकृतिलाई हेरेर र संभावित अपराधलाई मध्यनजर गरेर आफूले अपराध नियन्त्रण र न्यूनिकरण गर्न आफूले दायित्व निर्वाह गर्ने बताउनु भयो । अपराध नियन्त्रण र न्यूनिकरणका लागि नागरिकको भूमिका र साथको उत्तिकै आबश्यक रहेको बताउंँदै उहांँले विना हिच्किचाहट प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । ‘अपराध नियन्त्रण, न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्न २४ सै घण्टा मेरो नम्बर खुल्ला छ ,जतिबेला पनि सम्पर्क गर्नुसक्नुहुन्छ ’उहांँले भन्नुभयो ।

सरकारले आफूलाई विश्वास गरेरनै महाशाखाले प्रमुखको जिम्मेवारी दिएको भन्दै उहांँले आफूले प्रहरीको शाख गिर्न नदिन कटिबद्ध रहने बताउनु भयो । आफूमाथि नागरिकको पनि उत्तिकै विश्वास र आशा रहेको बताउंँदै थापाले आफूले नागरिकलाई अमनचयन र शान्तिसुरक्षा राख्न २४सै घण्टा खटिने बताउनु भयो ।

विगतका बर्षहरुमा अपराध महाशाखाको पहिचान र काम कर्तव्य अधिकारलाई शिरोपर गरी यसका लागि अगाडि बढ्ने प्रमुख थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्