रुपन्देहीमा परपुरुष र परस्त्रीद्वारा एउटै रुखमा झुन्डिएर आत्महत्या



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा दुई जना एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन ।

मंगलवार विहान श्रीमान रोजगारीको शिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउपालिका ५ मलागिरी घरभै रुपन्देहीको मोतिपुरमा वस्ने वर्ष २४ की गीता खडका क्षेत्री र उदयपुर जिल्लाको वर्ष ३० को हिरा श्रेष्ठ एउटै रुखमा झुण्डीएर आत्महत्या गरेको अवस्थामा प्रहरी फेला पारेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जगलको सिशौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजना संगै जस्तै गरि एउटै रुखमा झण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईले बताउनु भयो ।
एकछोरा रहेकी खडकाले किन उक्त परपुरुषसंग संगै आत्महत्या गरिन भन्ने विषय अनुसन्धामै रहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको एक उद्योगमा काम गर्ने श्रेष्ठले परस्त्रिसंग संगै आत्महत्या गर्नुले ति दुई जना वीचमा अनैतिक सम्बन्ध रहेको अनुमान प्रहरीले लगायको छ । आत्म हत्या गरेका दुवै जनाको सव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्