दक्षिण कोरियाली लिग मे महीनाबाट सुरु हुने



सियोल, (एजेन्सी) ।

दक्षिण कोरियाली घरेलु फुटबल ‘के लिग’ आगामी मे महीनाबाट सुचारु हुने भएको छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको ‘के लिग’ ८ मे बाट शुरु गर्ने तयारी गरिएको हो। लिग शुरु गरिए पनि मैदान भित्र र बाहिर खेलाडीहरुलाई सामाजिक दूरी कायम गर्न सरकारले निर्देशन दिएको छ।

खेलाडीहरुले हात मिलाउन र आफ्नै साथीहरुसँग कुराकानी गर्न पाउने छैनन्। दक्षिण कोरियामा कोरोनाको संक्रमणमा कमी आएसँगै खेलाडीहरु अभ्यासमा पनि फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्