सामसङको नयाँ दुई फोनको प्रि अडर शुरू



काठमाडौं, (नेस)
इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्रान्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफरअन्तर्गत ग्यालेक्सी एस २० स्मार्टफोन प्रस्तुत गरेको छ। सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ।
कम्पनीका अनुसार नेपालमा फागुन ३० गतेदेखि  ग्यालेक्सी एस २० र एस २० प्लस उपलब्ध हुनेछ। साथै प्रि–अडर गर्नु हुने उपभोक्ताहले यी फोन सो मितिभन्दा अगाडि पाउनुहुनेछ।
नेपाली बजारमा एस २० मोबाइल सेटको १लाख ७ हजार ४९९ र एस २० प्लस मोबाइल सेटको १ लाख १९ हजार ४९९ रुपियाँ कायम भएको छ।
उच्चस्तरीय फोटो खिच्नको लागि एस २०सीरिजमा ६४ मेगापिक्सलको क्यामेरा र सेन्सर राखिएको छ। दुवै फोनमा ३० एस्क्ससम्मको जुम रहेको छ।
एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरुको प्रयोग गर्दछ। यसमा विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनोट गर्न सहज हुन्छ। पुनः खिच्न आवश्यक हुँदैन।
ग्यालेक्सी एस २० प्लस अर्डर गरेका ग्राहकले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी  ५ हजार ९९९ रुपियाँमा खरिद गर्न सक्नुहुने छ। साथै, ग्यालेक्सी एस २० अग्रिम अर्डर गरेका ग्राहकले २ हजार ९९९ रुपियाँ  थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसङ टिभी  ८ हजार ८ ९९९ रुपियाँमा खरिद गर्न सक्नुहुनेछ। साथै अग्रिम अर्डर गरेका ग्राहकले ग्यालेक्सी उपहार स्वरूप टर्किस एयरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजमा, लेट मि इनका सेवामा, बयोधा हस्पिटलमा एवम् केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउनुहुनेछ।
अग्रिम अर्डर गर्नुभएका ग्राहकहरुलाई एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्