करेन्ट लागेर पैदलयात्रीको घटनास्थलमै मृत्यु



चौतारा ।  सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मुख्य प्रशारण लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ  प्रहरीका अनुसार घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्